आईएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

 वैशाख १५, २०७८ बुधबार ९:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भयो ।

सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भएपछि सेवाग्राहीहरूलाई डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको बताउनुभयो  ।

त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौतापछि  सेवाग्राहीहरुलाई डिम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्बन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार  व्यक्त गर्नु भयो ।

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत  एक सय रुपैयाँमा एक सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया