भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

 वैशाख १५, २०७८ बुधबार १०:३:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलाे सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उत्तरी बंगाल र नेपालको पूर्वी क्षेत्रमा पनि पनि महसुस गरिएको छ । भूकम्पमा परि मानिसको ज्यान गएको खबर नआए पनि घरहरुमा चिरा परेको, घरका सिसा फुटेको स्थानीय पत्रिकाले जनाएका छन् ।
भूकम्प गएपछि निरन्तर रुपमा परकम्प पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया