दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, हल्लाको पछि नलाग्नुस् : वाणिज्य विभाग

 वैशाख १५, २०७८ बुधबार १२:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।

बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा  विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव  गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रियाकलाप बढेको पाइएकाले हल्लाको पछि नलाग्न विभागले सचेत गराएको छ ।

कसैले अनावश्यक भण्डारण गर्ने, सामान लुकाउने र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिने पनि  विभागले जनाएको छ । यस्तै कसैले यस्ता गतिविधि गरेको भेटेमा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया