चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभइ विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य भएकाे जनाएकाे छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको गैरजिम्मेवार प्रवृत्ति पुष्टि भएको बताउनुभएको हाे। कांग्रेसले युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ ।
शैया, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता, सङ्क्रमणको विस्तार, विज्ञकाे अनुमान र विश्लेषण, सरकारसँग भएकाे बजेट, पूर्वाधार लगायतका पक्षमा योजनाबद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनीतिक दल, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयात लगायतका विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ ।
सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरता बमोजिम कार्य गर्न सरकारलाई सजग गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।