झापामा बायोग्यास कारखानामा भीषण आगलागी

 वैशाख २०, २०७८ सोमबार ९:५६:५० | रासस
unn.prixa.net

झापा - मेचीनगर नगरपालिका-१५ नीलकोठीमा रहेकाे ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान करिब ३ बजेदेखि आगाे लाग्न सुरु भएकाे थियाे ।

आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।

कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नि नियन्त्रणमा खटिएकाहरुले जनाएका छन् । धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए ।

आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।
 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया