तनहुँमा बिहेको भोज खाँदा ३५ जना र सर्लाहीमा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी

 वैशाख २०, २०७८ सोमबार ११:०:१७ | रासस
unn.prixa.net

तनहुँ - तनहुँमा बिहेको भोज खाँदा ३५ जना बिरामी भएका छन् ।

व्यास नगरपालिका-१४ छाब्दीमा भोज खाएका ३५ जना बिरामी परेका हुन् ।

बिरामी परेका व्यक्तिमा पखाला, वान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको छाब्दीमा रहेको सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । बिरामीमध्ये गम्भीर ४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

यसैबीच सर्लाहीको लालबन्दी नगरपालिका-६ मा रुद्रीपूजाको प्रसाद खाँदा २५ जना बिरामी परेका छन् । लालबन्दी नगरपालिका-६ मा रुद्री पूजाको प्रसाद खाँदा बालबालिकासहित २५ जना बिरामी भएका हुन् । शुक्रबारदेखि पेट दुख्ने, वान्ता हुने, सामान्य ज्वरो आउने समस्या देखिएको र बिरामी केही हिजो मात्रै अस्पताल भर्ना भएका छन् ।

 बिरामी परेकाहरूको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया