कर्नाटकको अस्पतालमा अक्सिजन अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गयाे

 बैशाख २०, २०७८ सोमबार १४:३:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ ।

अस्पतालमा अरू ११ जनाको पनि आइतवार (हिजाे) राति ज्यान गएको र यसको कारण अक्सिजनको कमी थियो या अरू नै हो भन्ने विषयमा अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।

इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो । आफूहरूले बिरामीलाई बचाउने कोसिस गर्दा गर्दै पनि क्षति रोक्न नसकिएको डाक्टरले बताएका छन् । ज्यान गुमाउनेहरू सबैको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालले ६० किलोमिटर टाढा रहेको मैसुर सहरबाट अक्सिजन आपूर्ति गर्दै आएको थियो, हिजो अक्सिजन सिलिन्डर पुर्‍याउन केही ढिलाइ हुँदा १२ जनाको ज्यान गएको खबरमा उल्लेख  छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया