काेराेना सङ्क्रमितको उपचारका लागि काठमाण्डौबाट झापा पुर्‍याइयाे

 बैशाख २०, २०७८ सोमबार १४:२५:२२ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याकाे चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ । 

काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक काेराेना भाइरसका सङ्क्रमितलाई साेमवार (आज) झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत 'बेड लिफ्ट' गरिएको हाे । 

काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा ५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल लगिएको हो । 

यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई लगिएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • RAVI RANJIT

    May 22, 2021, 11:38 a.m.

    जनता कोरोना कहर बाट त्रसित अवस्थामा छन, तर दलका नेता भनाउदाहरुलाइ लाजनितीमा फुर्सद छैन ! प्रधानमन्त्री बाट आफुलाइ प्रतिकुल भयो भन्दैमा ससद विघटन गर्न पाइन्छ ? के राज्य संग निर्वाचनको लागि धाउन सक्ने बजेट छ ? के को लागि निर्बाचन ? नेपाली जनतालाइ अस्पताल चाहिएको छ,निर्बाचन होइन , होइन भने कुन अनुसार लिएर जनता सामु भोटको लागि हात जोड्न जाने, छ हिम्मत ?

  •  0 Reply

तपाईको प्रतिक्रिया