क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै

 बैशाख २२, २०७८ बुधबार ६:३:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको नाकाबन्दीसँगै कोरोना महामारीको मारमा परेको क्युबाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

अहिले विश्वभर भैरहेका २७ वटा खोप परीक्षणमध्ये दुई खोप क्युबाले विकास गरेको हो । क्युबाको फिन्ले इन्स्टिच्युटले सभरिन २ नामको खोप विकास गरेको छ । नौ महिनाअघिको सोच पूरा हुनै लागेको र अहिले तेस्रो चरणको परीक्षणमा पुगेको फिन्ले इन्स्टिच्युटका निर्देशक डा भिसेन्ते भेरेजले बताउनुभएको छ ।

क्युबाले एक वर्षमा १० करोड सोभरिन २ खोप उत्पादन गर्ने लक्ष्य लिएको गार्जियनले जनाएको छ । क्युबामा हरेक दिन १ हजार मानिस कोरोनाबाट संक्रमित हुँदै आएको तथ्याङक छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोप उत्पादनमा देखिएका अवरोधहरु हटाउन आग्रह गरेको छ ।

डब्लूएचओका प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोरोनाको सङ्क्रमण दर बढ्दै जानु निक्कै चुनौतीपूर्ण रहेको र धेरै देशले खोप अभावको गम्भीर समस्या सामना गर्नुपरेको बताउनुभएको छ । उहाँले खोप निर्माणमा संलग्न कम्पनीहरुले तत्कालका लागि बढी खोप उत्पादन गर्नुपर्ने र त्यसका लागि आवश्यक अवरोध हटाउन सम्बन्धित देशहरूलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया