मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन 'आइएमई पे' बाट

 वैशाख २३, २०७८ बिहीबार ८:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडकाे ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।

आइएमई ग्रुपले निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

यसरी 'आइएमई पे' बाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पूरा गर्नुपर्ने उहाँले बताउनु भयाे । पहिलोपटक आइएमई पे प्रयोग गर्ने ग्राहकले सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । कारोबारको सुरक्षा र गोपनियताका लागि ग्राहकले आफ्नाे नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत आफूसम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ ।

त्यसपछिकाे एपको गृहपृष्ठमा प्रवेश गरी ‘आईपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आईपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भरेर र त्यसलाई एक पटक रूजु गरी आफ्नो पीन कोड थिच्नुपर्छ । यसरी ग्राहकले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्ने भएका छन्। यसरी आइपीओ भर्दा ग्राहकलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्ने छैन । 

मध्य भोटेकोशीले वैशाख २१ गते मंगलवारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

यसरी निष्काशन गरिएको  आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र त्यति अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपीओमा आवेदन दिन सकिने आइएमई ग्रुपले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया