चिनियाँ कम्पनीको कोरोनाविरुद्धको खोपलाई डब्ल्यूएचओको मान्यता

 वैशाख २५, २०७८ शनिबार ६:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ ।

यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।

चिनियाँ कम्पनीको यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै खोपको माग बढ्दो छ । तर, त्यही अनुसार उत्पादन नहुँदा खोपको अभाव छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया