घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्सले कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ । कोरोनाका कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
अहिलेलाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।
एम्बुलेन्स सेवा प्रयोगका लागि ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।