एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – धनगढीको सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमितको उपचार गर्न बेड अभाव भएको छ । अस्पतालले क्षमता भन्दा धेरै बिरामी भएकाले गल्ली, पार्किङ र चउरमा समेत राखेर बिरामीको उपचार गरिरहेको छ ।
१८ वटा बेड रहेको इमेर्जेन्सी वार्डमा भुइँमा समेत राखेर २५ जनाको उपचार भइरहेको सूचना अधिकारी दिलिप श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै ७० बेडको ओपीडी वार्डमा ९८ जनाको उपचार भइरहेको छ ।
‘बिरामी सिकिस्त भएर आउँछन्, ठाउँ छैन उपचार गदैनौँ भन्न मिल्दैन, हामीले गल्ली,प्यासेज, पार्किङ, चउर लगायतका क्षेत्रमा सामान्य बेड विच्छाएर उपचार गरिरहेका छौँ’, श्रेष्ठले भन्नुभयो ।
अस्पतालमा बिरामी धेरै र अक्सिजन सिलिण्डरको कमी हुँदा अक्सिजन पुर्याउन पनि मुस्किल परेको छ । दैनिक ६० सिलिण्डर अक्सिजन अस्पतालकै प्लान्टबाट उत्पादन हुन्छ तर बिरामी धेरै भएका कारण माग एक सय ६० सिलिण्डरको रहेकोले पुग्ने अवस्था छैन ।
अपुग अक्सिजन नेपालगञ्जबाट ल्याउने गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । ‘माग र आपूर्तिको सन्तुलन मिलाउन मुस्किल परिरहेको छ, सबैलाई बेड पुगेको भए पाइपबाट सप्लाइ गर्दा सजिलो हुने थियो तर गल्ली र पार्किङ क्षेत्रमा राखेका बिरामीलाई हरेकलाई एउटा सिलिण्डर दिनुपर्ने अवस्था भएका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो छ’, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।