बजेटबारे साेध्दा प्रधानमन्त्रीकाे जवाफ– ‘संसद् जिउँदाे छ’

 जेठ २, २०७८ आइतबार १८:६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने सङ्केत गर्नुभएको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् जिउँदाे रहेको भन्दै आउँदाे आर्थिक वर्षको बजेट संसदबाटै आउने सङ्केत गर्नुभएको हो ।

बजेट अध्यादेशबाट आउँछ भन्ने शङ्का छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिनुभएको हो ।

केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा वैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आफ्नै पार्टी नेकपा एमालेभित्रको विवादसँगै संसद्को बजेट अधिवेशन आह्वान गर्न ढिलाइ हुनुले सरकारले फेरि पनि संसद् विघटन गरी अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशङ्का राजनीतिकवृत्तमा गर्न थालिएको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया