होटल व्यवसाय गम्भीर सङ्कटमा छ, सरकारले नहेरे सधैँका लागि बन्द हुने खतरा : हान

 जेठ १३, २०७८ बिहीबार १६:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ । होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो ।

यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ । हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको लागि व्यवस्था गर्न माग गरेको छ ।

यस्तै तीन वर्षका लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) मा ५० प्रतिशत र आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न तथा जरिबाना तथा हर्जाना मिनाहा गरिनुपर्ने माग छ ।

यस्तै बैंकको सावाँ र ब्याज दुई वर्षबाट बढाएर लामो अवधिसम्म किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन र होटल क्षेत्रका लागि आउँदाे दुई वर्षको विद्युत् महसुलमा ५० प्रतिशत छुट दिन हानले माग गरेको छ ।

आन्तरिक पर्यटनलाई बढावा दिन सरकारी तथा सङ्गठित क्षेत्रमा कार्यरत कर्मचारीलाई अनिवार्य पर्यटन बिदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउन पनि हानले माग गरेको छ ।  

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया