पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - अमेरिकाको संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धान सम्बन्धी तल्लो सदनले पारित गरेको प्रस्ताव माथिल्लो सदनले रोकेको बीबीसीले जनाएको छ । ६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको छ ।
राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । न्युयोर्क र वासिङ्टनमा भएको आतङ्कवादी आक्रमणकै जस्तै गरी संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो ।
दुवै पार्टीका बराबर सदस्य रहने १० सदस्यीय आयोगले भविष्यमा हुनसक्ने आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्थाकाे प्रस्ताव गरिएको थियो । आयोग बन्न रोकेको भन्दै राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गर्नुभएको छ । पूर्व राष्ट्रपति ट्रम्प भने आयोगले दोषी करार गर्ने सम्भावित खतराबाट बच्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।