सडक र यातायातका लागि १ खर्ब ६३ अर्ब बजेट, काठमाण्डौमा एक सय विद्युतीय बस चलाइने

 जेठ १५, २०७८ शनिबार १८:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि सरकारले सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सडक क्षेत्रलाई विशेष जोड दिएको जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने, तीन सय वटा पुल निर्माण गरिने बजेटमा उल्लेख छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिने भएको छ । मदन भण्डारी मार्ग, हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गको अपूर्ण खण्ड पूरा गरिने उल्लेख छ । 

सुरुङ मार्गलाई बजेटमा जोड दिइएको छ । नागढुङ्गा–नौबिसेसम्मको सुरुङ मार्गका लागि नौ अर्ब रुपैयाँ विनियोजन भएको छ । सिद्धबाबामा सुरुङ मार्गका लागि बजेट विनियोजन भएको छ ।

यस्तै काठमाण्डौको तीनकुने–जडीबुटी खण्डमा पनि सुरुङ बनाउन बजेट विनियोजन भएको छ । विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माणको अध्ययन गरिने भएको छ । 

सबै प्रदेशबाट इम्बोस्ड नम्बर वितरण गराइने बजेटमा उल्लेख गरिएको छ । साझा यातायातमार्फत काठमाण्डौमा कम्तीमा एक सय वटा विद्युतीय बस चलाइने उल्लेख छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया