निजी क्षेत्रको धेरैजसो माग सम्बोधन भएको भन्दै उद्याेग व्यवसायी आउँदो वर्षको बजेटप्रति खुशी

 जेठ १६, २०७८ आइतबार ६:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उद्योग व्यवसायीहरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटले वर्तमान परिस्थिति अनुकूल निजी क्षेत्रको धेरैजसो मागहरु सम्बोधन भएको प्रतिक्रिया जनाएका छन्।

कोरोना महामारीको बेलामा आएको विशेष बजेट भएका कारण निजी क्षेत्रको धेरै मागहरुलाई सम्बोधन नभएको भए पनि अधिकांश मागहरु सम्बोधन भएको उनीहरुले बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको ऋणलाई सहजीकरण गर्ने कुरा आउनु, भ्याटमा सुधारको कुरा आउनु र विलिङ चार्जको कुरा आउनु सकारात्मक भएको बताउनुभयो ।

 कोभिड-१९ का कारण अति प्रभावित क्षेत्र पर्यटन, मनोरञ्जनसँग जोडिएका क्षेत्रहरु र अरु केही क्षेत्रहरुमा विशेष सहुलियतको घोषणा भएको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा बढी खर्च हुनु पनि सकारात्मक भएको बताउनुभयो । 

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले आफूहरुले उठाइरहेको कुरा मेक इन नेपाल सरकारले समेटेकाले बजेट उद्योगका लागि सकारात्मक भएको बताउनुभयो । खोपको जरुरीलाई बजेटले सम्बोधन गर्नु पनि सकारात्मक भएको भन्दै उहाँले लकडाउनको बेलाको डिमान्ड शुल्कको माग र डिजेलको भ्याट हटाउनुपर्ने आफूहरुको माग सम्बोधन भएको बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले पपुलिष्ट बजेट ल्याएको भए पनि कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया