भियतनाममा भेटियाे कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट, हावामार्फत तीव्र गतिमा सङ्क्रमण फैलने

 जेठ १६, २०७८ आइतबार ९:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निक्कै खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा छ । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाइरस सुरु भएयता हजारौँ पटक यो भाइरस म्युटेट भइसकेको छ ।

भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र सङ्क्रामक मानिएको छ । नयाँ भेरियन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Birendra Kumar Gurung

    May 31, 2021, 8:29 a.m.

    So bad news and symtoms.we stay safe cure still now.

  •  0 Reply

तपाईको प्रतिक्रिया