गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

 जेठ १६, २०७८ आइतबार ११:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ ।

बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ ।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता छ । प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ । जेठ २५ देखि २७ गतेभित्र विश्वासको मत लिने प्रदेश सरकारले तयारी गरिरहेको छ ।

गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न उनीहरूले पार्टी निर्णयसहित वैशाख २९ गते प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । तर प्रदेश प्रमुख पौडेलले विपक्षी गठबन्धनको पक्षमा बहुमत नपुगेको निष्कर्षसहित मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया