तपाईँकाे प्रदेश र पालिकामा कति बजेट पर्‍याे ? (सूचीसहित)

 जेठ १६, २०७८ आइतबार १४:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो । 

आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो । 

आउँदो आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नाै अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नाै करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ । 

यस्तै प्रदेशतर्फ प्रदेश १ मा सबैभन्दा धेरै १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश २ मा ९० अर्ब ९० करोड, वाग्मती प्रदेशमा १४ अर्ब ७२ करोड, गण्डकी प्रदेशमा १३ अर्ब, लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड, कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड र सुदूरपश्चिम प्रदेशमा १४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

प्रदेश  र पालिकाका लागि बजेट विनियाेजन  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया