शेयर बजार : कारोबार रकममा फेरि नयाँ 'रेकर्ड'

 जेठ १६, २०७८ आइतबार १६:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । 

यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आज १७ अर्ब दुई करोड रुपैयाँ बराबरकाे चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो । 

यस्तै आज नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । 

आज व्यापार, उत्पादन, माइक्रोफाइनान्स, लगानी र अरू समूहबाहेकका समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक दुई सय ५५ दशमलव २५ अङ्कले बढेको छ । 

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ करोड ४० लाख रुपैयाँ बराबरकाे शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडलगायत १६ कम्पनीको शेयर मूल्य पनि नाै प्रतिशतभन्दा धेरैले बढेको छ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया