विपक्षी गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाए : ओली

 जेठ १७, २०७८ सोमबार १९:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  महामारीको समयमा विपक्षीहरूमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र वर्तमान सरकारबारे पनि विभिन्न भ्रम छर्ने काम चाहिँ विधि, पद्धति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एकदमै अनुशासनहीन भएको बताउनुभयो । उहाँले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सम्भावना हुँदा हुँदै पनि पार्टीभित्रैका व्यक्तिहरूबाट निर्दलीय कार्यमा संलग्न हुनु इतिहासमै गलत र अलोकतान्त्रिक काम भएको आरोप पनि लगाउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया