जुवा खालबाट १७ जना जुवाडे पक्राउ

 भदौ १०, २०७५ आइतबार १०:१७:३६ | रासस
unn.prixa.net

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ । 

प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको बताएको छ । 

पक्राऊ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी ४१, वर्षीय केदार शाखकर्मी, चानपा–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी रहेका छन् । 

प्रहरीले जुवाखालबाट नगद रु ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् । 

जुवाखालबाट नगद रु ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया