सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

 जेठ २७, २०७८ बिहिबार ११:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ ।

हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया