स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा

 जेठ २७, २०७८ बिहिबार १३:३९:३० | रासस
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था बमोजिम उहाँले मन्त्रालयको वेबसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।  राई अहिले प्रदेश नंं १ का सामाजिक विकासमन्त्री हुनुहुन्छ । 

यही जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार तामाङ दम्पतीका १४ ठाउँमा जग्गा छ । उहाँका नाममा अंशबापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका नाममा ११ ठाउँमा छ । श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका-८ मा तीन आना जग्गामा बनेको अढाइतले घर  छ ।  यस्तै मन्त्री तामाङसँग २२ तोला सुन र पाँच लाख रुपैयाँको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख  छ । सुन पुर्ख्याैली र खरिद  गरिएको दुवै थरि छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया