एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले चीनले सिन्जियाङमा मानवता विरोधी अपराध गरिरहेको जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको एमनेस्टी इन्टरनेशनलले जनाएको हो ।
एमनेस्टीले निकालेको प्रतिवेदनमा सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेको भन्दै अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घसँग अपिल गरिएको छ । चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातनासमेत दिने गरेको एमनेस्टीको आरोप छ ।
चीनलाई केही पश्चिमा देश र मानवअधिकारवादी समूहले सिन्जियाङमा नरसंहार गर्न खोजेको आरोप लगाउँदै आएका छन् । तर, चीनले भने यो आरोपको नियमित खण्डन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।