महामारी दोहोरिन नदिन आफ्नो स्रोतको प्रयोग गर्ने जी–सेभेन नेताहरुको प्रतिबद्धता

 जेठ २९, २०७८ शनिबार ११:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विकसित देशका नेताहरुले आउँदो दिनमा आउन सक्ने महामारीलाई रोक्न आफ्ना सबै स्रोतको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतमा भइरहेको जी–सेभेनको सम्मेलनमा उनीहरुले कोरोना महामारी जस्ता अरु महामारी दोहोरिन नदिन आफ्ना सबै स्रोत र शक्ति प्रयोग गर्न प्रतिबद्धता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

सम्मेलनको दोस्रो दिन उनीहरुले यस सम्बन्धमा एउटा घोषणापत्र जारी गर्ने बताइएको छ । कुनै नयाँ रोग देखिएमा एक सय दिनभित्र खोप विकास गर्ने खालको संयन्त्र विकास गरी क्षतिलाई रोक्न क्षमता विकास गर्ने उनीहरुले बताएका छन् । दोस्रो दिनको सम्मेलनमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना विश्व्यापी असमानतालाई रोक्न खुलेर सहयोग गर्न जी–सेभेनका नेताहरुलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

उहाँले कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रसहितका क्षेत्रलाई थप बलियो बनाएर विकास गर्न विश्वका नेताहरुसँग अपिल पनि गर्नुभएको छ । उहाँले सन् २००८ को आर्थिक मन्दीमा भएको गल्तीबाट पाठ सिकेर असमानता अन्त्यका लागि प्रयास गर्नु पर्ने बताउनुभएको छ ।

तीन दिने सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसहित फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा तथा युरोपियन युनियनका नेता सहभागी भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया