विप्लव समूहका प्रवक्ता प्रकण्ड पक्राउ गरेको भन्दै डाक्टर भट्टराईको पोखे असन्तुष्टि

 भदौ १०, २०७५ आइतबार १५:४८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सरकारले पटक–पटक पक्राउ गर्ने काम गरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

संयोजक भट्टराईले अधिकार प्राप्तिको आन्दोलन गर्ने सबैको नैसर्गिक अधिकार हुने भन्दै  नेकपासहितका शक्तिहरुसँग राजनीतिक व्यवहार गर्न पनि सरकारसँग माग गर्नुभयो । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले पञ्चायत कालको झक्को आउने गरी प्रकाण्डलाई अदालतले छोड्ने तर राज्यले पक्राउ गर्ने गरेको भन्दै त्यस्तो खालको व्यवहार कसैलाई पनि राज्यले गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

संयोजक भट्टराईले प्रकाण्डले लिएको बाटोमा आफू सहमत हुन नसक्ने उल्लेख गर्दै उनीहरुको मुद्दालाई भने राज्यले बुझ्नै पर्ने स्मरण पनि गराउनुभयो ।

संयोजक भट्टराईले टिकापुर घटनाका मुख्य अभियुक्त करार गरी जेल सजाय भोगिरहेका रेशमलाल चौधरीलाई सांसदको सपथ खुवाउने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

उहाँले द्धन्द्धकालमा पक्राउ परी अझै पनि जेलसजाय भुक्तान गरिरहेका तत्कालीन माओवादीका कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
संयोजक भट्टराईले ब्रिटिस गोर्खालीको नागरिक खारेज गर्ने काम नगर्न पनि सरकारलाई सुझाव दिनु भयो । उहाँले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क हुने गरी ऐन बनाउन पनि सरकारसँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया