नेता खनाललाई उपचारका लागि भारत लगिँदै

 असार २, २०७८ बुधबार ११:५६:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीमा रहेकाे नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकाे एपोलो अस्पताल लान लागिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिनुभयो । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पहिलेदेखि नै उहाँलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लैजान लागिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई काेराेनाको सङ्क्रमण भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • सुरेशचन्द्र घिमिरे

    June 16, 2021, 2:10 p.m.

    सर्वहारा वर्गको नेतालाई उपचारकाे लागि भारत जानुपर्ने ।सर्वसाधारणको लागि मात्र नेपालका अस्पताल रहेछन् ,धन्य छ नेताज्यूू।आफ्नो उपचार गराएर स्वास्थ्य लाभ गरेर आउनुहाेला।राजनीतिको लागि दिल्ली दरवारमा हाजिरी चाहीं नलगाउनु हाेला ।शिघ्र स्वास्थ्य लाभको कामना कमरेड ।

  •  0 Reply

तपाईको प्रतिक्रिया