सुनको भाउ १ हजार १ सय रुपैयाँले घट्यो

 असार ३, २०७८ बिहिबार १२:१८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले सस्तो भएको छ ।

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य आज घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया