अमेरिकामा ओबामा केयर कार्यक्रम विरुद्ध परेको मुद्दा सर्वोच्चद्वारा अस्वीकृत

 असार ४, २०७८ शुक्रबार १०:३५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सेवा नीतिमा परिवर्तनको माग गर्दै दिइएका रिटहरुलाई खारेज गरेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका टेक्सुसहित १८ वटा राज्यहरूले त्यस कानुनमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला गरेको छ । ओबामा केयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो । कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बीमासम्मको पहुँच उपलब्ध गराउँछ ।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले त्यस कानुन खारेज गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए। यही महिनाको सुरुमा ह्वाइटहाउसले ओबामा केयरमार्फत तीन करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो ।

सदनबाट पनि त्यस कानुन खारेज गर्ने प्रयास विफल भएकोले अब ओबामा केयरको भविष्य सुनिश्चित देखिएको बीबीसीले जनाएको छ । अदालतको फैसलापछि राष्ट्रपति जो बाइडेनले कानुनबाट लाभ पाएकाहरूका लागि महत्त्वपूर्ण विजय भएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया