बाइडेन प्रशासनप्रति किमको पहिलो प्रतिक्रिया : वार्ता र सङ्घर्ष दुवैका लागि तयार

 असार ४, २०७८ शुक्रबार ११:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेपछि पहिलोपटक प्रतिक्रिया दिँदै नेता किमले देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि देश तयारी अवस्थामा रहने पनि बताउनुभएको खबरमा उल्लेख छ । उत्तर कोरियामा शान्तिपूर्ण वातावरण र सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनु आवश्यक भएको किमको भनाइ छ ।

उत्तर कोरियाले अमेरिकासँगको सम्बन्धलाई पर्ख र हेरको रुपमा हेरेको भए पनि पछिल्लो समयमा खाद्य सङ्कट चरम बन्दै गएपछि किमले सङ्घर्ष नचाहेर सम्बन्ध सहज बनाउनतर्फ ध्यान दिएको बीबीसीले जनाएको छ । खाद्य अभावका कारण अहिले उत्तर कोरियामा एक किलो स्याउको मूल्य ४५ अमेरिकी डलरसम्म पुगेको बताइएको छ ।

परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरस नियन्त्रणका लागि नाका बन्द गर्दा उत्तर कोरिया नराम्रोसँग सङ्कटमा फस्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया