जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - सुन चाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घटेको हो । अस्ति शुक्रवार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनकाे भाउ बिहीवार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधवार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।