आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

 असार ६, २०७८ आइतबार १९:१८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । युवा सङ्घकी नेतृ खुस्बु घिमिरेलाई कुटपिट गरेको अभियोगमा महानगरीय प्रहरी परिसर टेकुले संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरेको हो ।

संग्रौलासहितको टोलीले आफूलाई कुटपिट गरेको भन्दै नेतृ घिमिरेले जाहेरी दिएका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ । संग्रौलाले नै महाराजगञ्जमा एक जना ट्राफिक प्रहरी निरीक्षकलाई रङ्गभेदी व्यवहार गरेपछि चौतर्फी आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • केश बुढाथोकी

    June 20, 2021, 9:57 p.m.

    देशलाई ज्वालाको अत्यन्त खाचोछ किनकि बोल्ने हरुको कुनै कमी छैन मेरो देशमा ज्वालाको बोलीमा भन्दा कर्ममा दाम छ।

  •  0 Reply
  • Mamata Adhikari Subedi

    June 20, 2021, 9:12 p.m.

    Galat Jawala doing best Hate Nepali Fake news.

  •  0 Reply

तपाईको प्रतिक्रिया