अमेरिकाको अलबामा राज्यमा आँधीमा परि ९ बालबालिकासहित १० जनाको ज्यान गयो

 असार ७, २०७८ सोमबार ७:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको खबरमा उल्लेख छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ ।

घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी भइरहेको छ ।
 

अन्तिम अपडेट: असार २६, २०७८

तपाईको प्रतिक्रिया