फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै - कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन जना वातावरण संरक्षणकर्मी युवायुवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
शाही दरबारको छेउमा रहेको टोन्ले साप नदीमा फोहोर विसर्जन भएको सामग्री सङ्कलन गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई पाँचदेखि १० वर्षसम्मको जेल सजाय हुन सक्नेछ । उनीहरुले वातावरण जोगाउने अभियानका नाममा राजाको अपमान गरेको प्रमाण भेटिएको प्रहरीले दाबी गरे पनि कस्तो अपमान गरेका थिए भन्ने खुलाएको छैन ।
संरक्षणकर्मी समूह लिकाधोका निर्देशक नल्या पिलर्जले कम्बोडियाको सरकारले पछिल्लो समय प्रकृति दोहनलाई निसाना बनाएको र त्यसको आलोचना गर्नेलाई पक्राउ गरिरहेको बताएका छन् । नदीमा बाँध बनाउने विषयको विरोध गरेकै कारण मदर नेचर समूहका संस्थापकलाई कम्बोडियाले देश निकाला गरेको छ भने तीन जनालाई १८ देखि २० महिनाको जेल सजाय सुनाइएको छ ।
कम्बोडियामा राजाको अपमान गर्नेलाई कठोर कारबाही गर्ने नयाँ कानुन भर्खरै पास भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।