पहिरोको जोखिम बढ्यो

 भदौ ११, २०७५ सोमबार १७:५२:११ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ पालिगाडामा पहिरोको जोखिम बढ्दै गएको छ ।

लगातारको वर्षाले बस्तीमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । शनिबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउदको घर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रकाश भाटले जानकारी दिनुभयो ।

घर माथिबाट लक्ष्मीको घरमा पहिरो खस्दा गोठमा पालेका १ खसी र ६ कुखुरा च्यापिएर मरेका छन् । बस्ने घर नै पहिरोले लगेपछि अहिले लक्ष्मीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । आफू एकल महिला भएकाले घर पहिरोले लगेपछि निकै सास्ती भएको लक्ष्मीले बताउनुभयो ।

त्यस ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले अन्य घरहरु पनि जोखिममा रहेको स्थानीय कालुसिंह साउदले बताउनुभयो । त्यस ठाँउमा पहिरो नरोकिए अन्य घरहरु पनि पहीरोमा पुरिने सम्भावना रहेकोले स्थानीयहरु त्रासमा बस्न बाध्य भइरहेका छन । समयमै स्थानीय सरकारले पहिरो नियन्त्रणका लागि पहल गर्नुपर्ने उहाँले  बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया