भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने

 असार १९, २०७८ शनिबार ८:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा गर्भवतीले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई समेत कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएसँगै अब उनीहरुले पनि खोप लगाउन पाउने भएका हुन् । गर्भवतीलाई पनि खोप दिनुपर्ने राष्ट्रिय प्राविधिक सल्लाहकार समूहको सिफारिसलाई भारतको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको बीबीसीले जनाएको  छ ।

अब खोप लगाउन चाहने गर्भवतीले कोरोना एपमा गएर आफ्नो नाम दर्ता गराउन अर्थात नजिकैको कोभिड केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । उनीहरुलाई कोरोनाविरुद्धको खोप सम्बन्धित राज्य र केन्द्र प्रशासित प्रदेशहरुमा वितरण गरिनेछ । यसअघि कोरोना सङ्क्रमणले गर्भवतीको स्वास्थ्यमा निक्कै असर गरिरहेको अध्ययनहरुले निष्कर्ष निकालेको थियो ।

उनीहरुमा थुप्रै गम्भीर रोगहरुको जोखिम बढाउनुका साथै भ्रूणलाई पनि असर गर्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो । अब नयाँ नियम अनुसार गर्भवतीले गर्भावस्थाको कुनै पनि समयमा खोप लिन सक्ने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया