अमेरिकामा शक्तिशाली साइबर आक्रमण : झण्डै दुई सय व्यवसाय प्रभावित

 असार १९, २०७८ शनिबार ११:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा शक्तिशाली साइबर आक्रमण भएको छ । झण्डै दुई सय वटा व्यवसाय प्रभावित भएका छन् । साइबर सुरक्षा कम्पनी हन्ट्रेस ल्याब्सका अनुसार ह्याकरले मायामीमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए । त्यसपछि कर्पोरेट सफ्टवेयर प्रणालीबाट र्यानसमवेयर आक्रमण फैलिएको थियो ।

कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको र आफ्ना ग्राहकहरूलाई सर्भरहरू बन्द गर्न भनेको बीबीसीले उल्लेख गरेको छ । रुसबाट भएको फिरौती उठाउने साइबर हमलाकारीको समूह रीभीलले आक्रमण गराएको हुनसक्ने हन्ट्रेस ल्याब्सको दाबी छ । सन् २०१९ मा टेक्सासका स्थानीय सरकारहरूमा भएका सङ्गठित साइबर हमलाहरूका लागि पनि रीभील जिम्मेवार रहेको आरोप लाग्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया