एपीएफलाई हराउँदै मच्छिन्द्र क्लब पोखरा गोल्डकपको क्वाटरफाइनलमा
माघ २३, २०८१ बुधबार
काठमाण्डाै - अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नु पर्ने तालिबानले बताएको छ । कूटनीतिक नियोग र काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकी फौजसहित एक हजार विदेशी सेना अफगानिस्तानमा बस्न सक्ने खबर सार्वजनिक भइरहेका बेला तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।
आफूहरु विदेशी सैन्य फौजको विरुद्धमा रहेको तालिबानले जनाएको छ। तालिबानसँग भएको सम्झौता अनुसार अमेरिका र उसका सैन्य गठबन्धनले आफ्ना सबै फौज फिर्ता लैजान सहमत भएका थिए । केहि दिनअघि अफगानिस्तानको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका सैनिकहरू बाहिरिएका छन् । योसँगै अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ ।
अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले आउँदाे सेप्टेम्बर महिनासम्म समयसीमा तोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने बताउँदै आउनुभएको छ । तर तालिबानले थप क्षेत्रमा पकड बढाउँदै लगेको छ । हिंसाका घटनामा कमी आएको छैन । तर तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य कब्जा गर्नु आफूहरूको नीति नरहेको समेत बताएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।