जम्मू– कश्मीरमा लागुऔषध तस्करी बढ्दो, एकै पटक २७ किलो हिरोइन बरामद

 असार २१, २०७८ सोमबार १३:५७:३० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतले पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू– कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन बरामद गरेको छ । हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । पाकिस्तान तर्फबाट आएका तस्करलाई सचेत गराउँदा गराउँदै भारतीय क्षेत्रमा आएपछि भिडन्त भएको बीएसएफले जनाएको छ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमा क्षेत्रमा केही समयदेखि लगातार लागुऔषध हिरोइन बरामद गरिरहेको छ ।

गएको शनिवार जम्मू–कश्मीर प्रहरीले लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने १० जनालाई पक्राउ गर्दा झन्डै ४५ करोड भारतीय रुपैयाँ बराबरको हिरोइन बरामद गरेको थियो । यसअघि मे २३ मा पनि प्रहरीले ५० करोड बराबरको आठ किलो र अप्रिल १४ मा १० किलो लागुपदार्थ बरामद गरेको थियो ।

यस्तै अप्रिल आठ तारिखमा पनि झन्डै ६० करोड भारतीय रुपैयाँ बराबरको लागुपदार्थ बरामद गरेको थियो । लगातार भएका यी बरामदीले कश्मीरका लागि सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार र आतङ्कवादले चिन्ता थपिएको कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीरबारेमा भारतको कानुन परिवर्तन हुँदा पाकिस्तानले अशान्ति फैलाउन लागुऔषध पठाउन थालेको प्रहरी अधिकारीको अनुमान छ ।

जम्मू–कश्मीरमा लागुऔषध दुर्व्यसनी बढेको र उपचारको खोजीमा अस्पताल आउने दुर्व्यसनी सङ्ख्या पछिल्लो समय निकै बढेको इमान्सको लतरहित केन्द्रका डा. यासिर बरुले बताउनुभयो ।  

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया