दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोबद्वारा प्रहरी समक्ष आत्मसमर्पण

 असार २४, २०७८ बिहिबार ८:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि ७९ वर्षका उनले आत्मसमर्पण गरेका हुन् ।  क्वाजुलु–नाताल प्रान्तमा  रहेको आफ्नो घर नजिकैको जेलमा उनी गएका बीबीसीले जनाएको छ। 

प्रहरीले आत्मसमर्पण नगरे पक्राउ गर्ने चेतावनी दिएको थियो । भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो । दक्षिण अफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो । 

उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण दिन दिएको आदेश उनले मानेका थिएनन् । उनको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि साठगाँठ गरेको आरोप लगाइएको छ । तर उनले यसको खण्डन गर्दै आफू राजनीतिक षड्यन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया