बजेट पास गरेर मात्रै खर्च गर्न पालिकालाई अर्थ मन्त्रालयको ध्यानाकर्षण

 असार २४, २०७८ बिहिबार १४:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले गाउँ/नगर सभाबाट पास गराएर मात्रै बजेट खर्च गर्न पालिकाहरूको ध्यानाकर्षण गराएको छ । असार १० गतेसम्म गाउँ/नगर सभामा बजेट पेस गर्नुपर्ने तथा सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई पालना गर्न अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले तोकेभन्दा बाहिर गएर बजेट नल्याउन र खर्च नगर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ । बजेट पेस र पारित नभएका पालिकालाई यथाशीघ्र बजेट ल्याउन र पास गर्न भन्दै अर्थ मन्त्रालयले वित्तीय कानुनको पालनामा पनि सचेत गराएको छ ।

असार १० गतेभित्रै बजेट पेस गनुपर्ने र त्यसको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणालीमा इन्ट्री गर्नुपर्नेमा अझै दुई सय ८४ पालिकाले इन्ट्री गरेका छैनन् ।

मन्त्रालयका अनुसार चार सय ६९ पालिकाले मात्रै बजेट पेस भएको विवरण इन्ट्री गरेका छन । केही पालिकाले बजेट नै नल्याएको र ल्याएकामध्ये केहीले विवरण इन्ट्री नगरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।   

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया