नेप्से झन्डै २४ अङ्कले बढ्यो, चार दिनपछि शेयर बजार हरियो

 असार २४, २०७८ बिहीबार १५:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २३ दशमलव ७६ अङ्कले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।

आज बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंकको ८९ अङ्कले, होटलको साढे १४ अङ्कले, जलविद्युतको ५२ अङ्कले, फाइनान्सको ६४ अङ्कले, माइक्रोफाइनान्स समूहको ६८ अङ्कले, जीवन बीमा समूहको ४२ अङ्कले, निर्जीवन बीमा समूहको चार अङ्कले र उत्पादन समूहको शेयर २३ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज गुह्येश्वरी मर्चेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कर्पोरेट विकास बैंकको शेयर भने साढे तीन प्रतिशतले घटेको छ ।   

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया