दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ–फाइजर

 असार २५, २०७८ शुक्रबार १३:२८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ ।  कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले  बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ ।

तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएमा निवेदन दिने भएको छ । तेस्रो डोज नलगाए फाइजरका दुवै डोज लगाएकाहरूमा ६ महिनापछि फेरि सङ्क्रमण हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

कोरोनाको डेल्टा भेरियन्टको नियन्त्रणका लागि पनि बुस्टर डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तर, विज्ञले भने बुस्टर डोजको आवश्यकतामाथि प्रश्न उठाएका छन् ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया