काठमाण्डौ महानगरको आउँदो वर्षको बजेट  १८ अर्ब ९५ करोड : महानगरवासीको ५० प्रतिशत बीमा शुल्क ब्यहाेर्ने

 असार २६, २०७८ शनिबार ८:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित बजेट पारित भएको छ । महानगरपालिकाको हिजो बसेको नगर सभा बैठकले केही संशोधनसहित सर्वसहमतिबाट बजेट पारित गरेको हो ।

गएको असार १० गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक, २०७८ र उपप्रमुख हरिप्रभा खड्गीले आउँदो वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट प्रस्ताव गर्नुभएको थियो । आउँदो वर्ष महानगरवासीका लागि महानगरपालिकाले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क ब्यहाेर्ने जनाएको छ ।

यसैगरी ज्येष्ठ नागरिक विशिष्टिकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन भएको छ । त्यसैगरी करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिबानामा छुट गर्ने भएको छ । सम्पत्ति करमा ९० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महानगरका होटल, रेष्टुरेन्ट, पसल जस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरिएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया