बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै

 असार २७, २०७८ आइतबार ११:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा कोरोनाको डेल्टा भेरियन्ट तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा  ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ ।

अघिल्लो हप्तादेखि  लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे पनि मृत्युदरमा भने कमी आएको बीबीसीले जनाएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि संयुक्त अरब इमिरेट्स यूएईले इन्डोनेसिया र अफगानिस्तानका यात्रुलाई प्रवेशमा रोक लगाएको छ ।

यूएई प्रवेश गर्नु १४ दिनअघि इन्डोनेसिया र अफगानिस्तानमा रहेकाहरुलाई पनि यो नियम लागू हुनेछ । तर, यी देशलाई ट्रान्जिट बनाएर यात्रा गर्ने तथा कार्गो विमानलाई भने कुनै रोकतोक नभएको यूएईले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया