राष्ट्रपति माेइसीकाे हत्या प्रकरणमा प्रमुख संदिग्ध प्रकाउ : हैटी प्रहरी

 असार २८, २०७८ सोमबार १४:१२:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – गएको हप्ता हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या प्रकरणका प्रमुख संदिग्ध एक डाक्टरलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा ६३ वर्षीय हैटीका नागरिक क्रिस्टियन इम्यानुएल सेनोन हुन् । उनी ‘राजनीतिक उद्देश्य’ साथ गएको जुन महिनाको सुरुवातमा निजी विमानबाट हैटी आएका बताइएको छ । 

यसअघि प्रहरीले गएको ७ जुलाईमा २८ विदेशी भाडाका सैनिकले राष्ट्रपति जोभनेल मोइसीको निवासमा आक्रमण गरेर उहाँको हत्या गरिएको बताएको थियो । 

त्यस आक्रमणमा मोइसीकी पत्नी मार्टिन मोइसी घाइते हुनुभएको थियो र उहाँको अमेरिकामा उपचार भइरहेको छ ।      

क्रिस्टियन इम्यानुएल सेनोन पक्राउ परेकोबारे आइतवार बेलुका राजधानी पोर्ट–ओ–प्रिन्समा प्रहरीले सञ्चार माध्यमलाई बताएको हो ।    

हैटीका प्रहरी प्रमुख लियोन चार्ल्सले भन्नुभयो, ‘पक्राउ परेका व्यक्ति निजी विमानमा बसेर राजनीतिक उद्देश्यका साथ हैटी आएका थिए । सुरुवाती योजना राष्ट्रपति मोइसीलाई बन्धक बनाउने थियो तर पछि योजनाको उद्देश्य फेरियो ।’

यद्यपि प्रहरी प्रमुख चार्ल्सले आक्रमणकारीको योजनाको बारेमा विस्तृतमा कुनै जानकारी दिनु भएन ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया