गृहमा बालकृष्ण खाँड, अर्थमा जनार्दन शर्मासँगै चार मन्त्रीले लिए शपथ

 असार २९, २०७८ मंगलबार २०:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त हुनुभएको छ, उहाँ रुपन्देहीबाट समानुपातिक सांसद हुनुहुन्छ ।

यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनुभएको छ । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त हुनुभएको छ । उहाँ रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि गृह र ऊर्जा मन्त्री बनिसक्नुभएको छ ।

यस्तै आजै माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ ललितपुर ३ बाट निर्वाचित हुनुभएको हो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया